मेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

ह्युस्टन, २३ चेत –
अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ३० माइल (४८ किलोमिटर) पर रहेको मारलिन एयरपोर्टमा मङ्गलबार दिउँसो दुर्घटनाग्रस्त भएको थियो ।

वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ७० गज (६४ मिटर) टाढा दुर्घटनाग्रस्त भएको ह्युस्टन क्रनिकलको रिपोर्टले मार्लिन शहरका प्रबन्धक सेड्रिक डेभिसलाई उद्धृत गर्दै जनाएको छ। टेक्सासको सार्वजनिक सुरक्षा विभागका अनुसार दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।(रासस-सिन्ह्वा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *