सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ

काठमाडौँ, २३ चैत-
सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ । – न्युज कारखाना

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *