पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का २ सय ४६ रनले विजयी

काठमाडौं, साउन १२-
पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का दुई सय ४६ रनले विजयी भएको छ ।

गाल्लेमा श्रीलङ्काले दिएको पाँच सय आठ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिनको खाना समयपछि दुई सय ६१ रन बनाउँदा अलआउट भयो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ८१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले पाँच र रमेश मेन्डिसले चार विकेट लिए ।

पहिलो पारीमा एक सय ४७ रनको अग्रता बनाएको श्रीलङ्काले दोस्रो पारीमा आठ विकेट गुमाएर तीन सय ६० रनमा पारी समाप्तिको घोषणा गरेपछि पाकिस्तानले पाँच सय आठ रनको लक्ष्य पाएको हो ।

पहिरो पारीमा पाकिस्तान दुई सय ३१ रनमा अलआउट भएको थियो ।

आजको जितसँगै दुई खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । पहिलो टेस्ट पाकिस्तानले जितेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *