लमजुङमा भारी वर्षा, साना खोलामा बहाव बढ्ने सम्भावना

काठमाडौँ भदौ १५
पछिल्लो तीन घण्टामा लमजुङ जिल्लास्थित राइनास्टार वर्षा मापन केन्द्रमा भारी मात्रामा वर्षा मापन गरिएको छ।

आइतबार बिहान २ः २० मा एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा साे क्षेत्र भारी वर्षा भएको जनाएको हो ।

वर्षासँगै सो क्षेत्र भएर बहने स-साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *