प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता आजै

१४ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका छन् ।

शनिबार बिहान प्रस्थान गरेका प्रधानमन्त्री ओली दिउँसो चीनको थियानजिन शहरमा पुगेका हुन् । थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि आजै भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एससिओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *