नेपाल ढकाल समाज प्रतिष्ठान खैरेनीको अध्यक्षमा बद्री प्रसाद ढकाल

भरतपुर, भदौ ८
नेपाल ढकाल समाज प्रतिष्ठान खैरेनी नगरपालिकाको अधिवेशन आज खैरेनी बजारको पर्सा बजारको कृष्ण मन्दिरमा सम्पन्न भएको छ ।

बद्रीप्रसाद ढकालको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनका प्रमुख अतिथि नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सचिवालय सदस्य तारापति ढकाल हुनुहुन्थ्यो विशिष्ट अतिथिमा प्रतिष्ठानका केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक नवराज ढकाल त्यस्तै प्रतिष्ठानका जिल्ला अध्यक्ष मुक्तिनाथ ढकाल उपाध्यक्ष प्रमिला ढकाल सचिव रामरी ढकाल कोषाध्यक्ष सरोज बाबु ढकाल को विशेष उपस्थिति रहेको थियो ।

अधिवेशनले बद्रीप्रसाद ढकालको अध्यक्षतामा सात सदस्य नेपाल ढकाल समाज प्रतिष्ठान खैरेनी नगर कमिटी गठन गरेको छ।

उपाध्यक्षमा ज्ञानेन्द्र ढकाल सचिवमा नवराज ढकाल कोषाध्यक्षमा लक्ष्मी ढकाल सहसचिवमा हेमप्रसाद ढकाल सदस्यमा शंकर ढकाल खगिशरा ढकाल सर्वसम्मत चयन हुनुभएको छ।

सो अवसरमा प्रमुख अतिथि तारापति ढकालले नेपाल ढकाल समाज प्रतिष्ठान गठन गर्नुका उद्देश्य र देवघाटमा निर्माण हुने कुलमन्दिर र उपमन्यू धर्मशालाको विषयमा प्रष्ट पार्नु भयो ।

त्यस्तै नवराज ढकालले नेपाल ढकाल समाज प्रतिष्ठानको सांगठनिक संरचना साथै सबै ढकाल एक परिवार बनाउन हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो त्यस्तै जिल्ला अध्यक्ष मुक्तिनाथ ढकालले नेपाल ढकाल समाज प्रतिष्ठान चितवन सबै स्थानीय तहमा अधिवेशन सम्पन्न गरी असोज ४ गते हुने जिल्ला अधिवेशनमा सक्रियतापूर्वक भाग लिन सम्पूर्णलाई आह्वान गर्नुभयो । रामहरी ढकालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य नवराज ढकालले गर्नुभएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *