प्रदेश १ बजेट: दुग्ध किसानलाई २ रुपैयाँ अनुदान

विराटनगर, २ असार-

प्रदेश १ सरकारले दुग्ध उत्पादन किसानलाई दुई रुपैयाँ थप अनुदान दिने भएको छ ।

प्रदेश १ को प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक बर्ष २०७९/७९ को बजेट प्रस्तुत गर्दै सो अनुदान दिने जानकारी दिएका हुन् ।

‘दुग्ध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैँयाका दरले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदानको व्यवस्था मिलाएको छु,’ मन्त्री आङबेले भनेका छन्।

प्रदेशमा उत्पादन हुने उच्च मूल्यमुक्त बाली अदुवा, अलैंची, चिया सुपारी, रुद्राक्षको मूल्य अभिवृद्धि र बजार प्रवर्द्धन गर्नका लागि पाँच करोड विनियोजन गरेका छन् । समग्रमा कृषि क्षेत्रको रुपान्तरण, व्यावसायीकरण, विविधिकरणका लागि दुई अर्ब ५९ करोड २३ लाख विनियोजन गरिएको छ । न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *