नेपाल ढकाल समाज प्रतिष्ठान चितवनद्वारा एसइईमा उत्तीर्ण हुने उपमन्यु गोत्रीय ढकालका छोराछोरीहरुलाई सम्मान

चितवन, साउन ११-
नेपाल ढकाल समाज प्रतिष्ठान चितवनले एसइईमा उत्तीर्ण हुने चितवनका उपमन्यु गोत्रीय ढकालका छोराछोरीहरुलाई सम्मान गरेको छ ।

उपमन्यु गोत्रीय ढकालका छोराछोरीहरु जम्मा ५० जनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको हो । त्यस्तै, चार जीपीए ल्याउने छात्रा श्रीष्मा ढकाल र छात्रमा ३.९६ जीपिए ल्याउने विवेक शर्मा ढकाललाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रम शाखाका जिल्ला अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षतामा नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर ओरालोमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम ढकाल रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल पोलीटेक्निक इन्स्टिच्युटका प्रबन्ध निर्देशक बाबुराम ढकाल उपाध्याय रहेका थिए ।

नेपाल ढकाल समाज प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालले चितवन जिल्लाले सुरु गरेको यो अभियान नेपालभरिका ढकाल समाज प्रतिष्ठानले सुरु गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यस्तै, कार्यक्रमका संयोजक तथा नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज ढकालले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए भने नेपाल पोलिटेक्निक इन्स्टिच्युटका सहायक क्याम्पस चिफ दीपक ढकालले सबै विद्यार्थीहरुलाई बधाई र शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सल्लाहकार एवं नेपाल पोलिटेक्निक इन्स्टिउटका प्रबन्ध निर्देशक बाबुराम उपाध्यायले सम्पूर्ण सम्मानित विद्यार्थीहरुलाई बधाई शुभकामना तथा उज्ज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानका उपाध्यक्ष खोमराज ढकाल, सीता शर्मा ढकाल, त्यस्तै बागमती प्रदेशका अध्यक्ष कुमार ढकाल, गण्डकी प्रदेशका अध्यक्ष लोकराज ढकाल, मधेस प्रदेशका अध्यक्ष मोहन कुमार ढकाल, प्रतिष्ठानका सचिवालय सदस्य हरिप्रसाद ढकाल र तारा पति ढकालको उपस्थिति रहेको थियो। कार्यक्रमलाई नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला सचिव रामहरी ढकालले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *