घट्यो सुन को मूल्य कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं, साउन ८

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य प्रतितोलामा २४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *