स्थानीय तह निर्वाचनमा पार्टीको सिट घटेकोबारे एमालेले समीक्षा गर्ने

काठमाडौं, ३० जेठ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाएको छ ।

आइतबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताए । त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो । पार्टीमा अन्तर्घात भएका विषयमा वडादेखि देशभरा सम्बन्धित कमिटीमा समीक्षा हुने बताए ।

केही स्थानमा भने उम्मेदवारी चयन लगायका विषय मिलाउन नसक्दा समस्या देखिएको उनले बताए ।

‘समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा,निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा केही ठाउँमा पराजय भएको छ । प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्नेछन् । तर पार्टीले कुन चाहिँ घात अन्तर्घात,कुन चाहिँ असमझदारी हो भनेर छुट्याउँछ र सही घारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुनेछ’ उनले भने । बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने,पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष निकाले उनले जानकारी दिए । – न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *