चितवनको लाइफ लाइनमा जेठ ३ र ४ गते अनुहार र कपालसम्बन्धी शिविर हुँदै

चितवन, बैशाख २७ –
अनुहार र कपालको निःशुल्क चेक जाँचसहित विशेषज्ञद्वारा परामर्श दिने गरी चितवनको लाइफ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिले स्वास्थ्य शिविर सुरु गर्ने भएको छ ।

आगामी जेठ ३ र ४ गते चितवन मेडिकल कलेज (सिएमसी) अगाडि चितवन हिमाल डेण्टलसँगै रहेको लाइफ लाइनमा शिविर हुन लागेको हो । शिविरमा काठमाडौंबाट आएका विशेषज्ञहरुले परामर्श दिने लाइफ लाइनले जनाएको छ । अत्याधुनिक एनालाईजर मेशिनहरुबाट कपाल तथा अनुहारको परीक्षण गरी विशेषज्ञहरुले निशुल्क परामर्श दिन लागेको हुन् ।

कपाल झर्ने समस्या भएकाहरुको कपाल झर्नुको कारण पत्ता लगाई त्यसैनुसार उपचारको परामर्श दिइने छ । साथै कपाल रोप्न चाहनेहरुलाई शिविरका अवसरमा विशेष सहुलियतमा कपाल रोपिने लाइफ लाइनले जनाएको छ । कपाल झर्ने, कपालमा चायाँ आउने, कपाल पातलो हुने, कपालको जरामा घाउहरु आउने लगायतका समस्या समाधानबारे विशेषज्ञहरुले निशुल्क परामर्श दिनेछन् ।

त्यसैगरी अनुहारमा आएका चायाँ, पोतो, पिम्पल्स लगायतका समस्या समाधान कसरी गर्ने भन्नेबारे काठमाडौंबाट आएका विशेषज्ञहरुले निशुल्क परामर्श दिनेछन् ।

चितवन मेडिकल कलेज अगाडि चितवन हिमाल डेण्टलसँगै रहेको लाइफ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिमा जेठ ३ र ४ गते अर्थात आगामी शनिबार र आइतबार आएर निःशुल्क स्वास्थ्य शिविरमा उपस्थित हुन लाइफ लाइनले इच्छुकहरुलाई आह्वान गरेको छ ।

थप जानकारीका लागि यहाँ उल्लेख गरिएका नम्बरहरुमा सम्पर्क गर्नुहोला । वा लाइफ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिमै गएर बुझ्न सक्नुहुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *