शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरणमाथि गोली प्रहार

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरणमाथि गोली प्रहार
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरणमाथि गोली प्रहार

काठमाडौं वैशाख ५
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । गएराति मायादेवी गाउँपालिकाको पडकीस्थित घरबाट शौचालय जानेक्रममा उनीमाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले अध्यक्ष चौधरीमाथि राति साढे ११ बजे गोली प्रहार भएको सूचना आएको बताए ।

“राति घरबाहिर रहेको शौचायल जाने क्रममा आफूमाथि गोली प्रहार भएको जानकारी हामीलाई आएको हो,” डीएसपी मोहनमणि अधिकारी भन्छन्, “उहाँलाई गोली लागेको छैन ।

खोका भने फेला परेको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *