सुनको मूल्यले एक लाख ९० हजार नाघ्यो

काठमाडौं  बैशाख ४
नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा सुन एकैदिन तीन हजार ६०० रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *