भारी छुटसहित डेटा एनालाइसिस तालिम सञ्चालन गर्दै पीबी ग्रुप, बजारमा उच्च माग

काठमाडौं, वैशाख १-
नेपालमा पछिल्लो समय डेटा सम्बन्धी सीपको माग तीव्र रूपमा वृद्धि हुँदै गएको छ। सूचना प्रविधिको प्रयोग बढेसँगै विभिन्न क्षेत्रका संस्थाहरूले डेटा विश्लेषणमा दक्ष जनशक्तिको खोजी गरिरहेका छन्। यही सन्दर्भमा, पीबी ग्रुप प्रालि, सानेपा ललितपुरले नयाँ वर्ष २०८२ को अवसरमा ३३ प्रतिशत छुटमा डेटा एनालाइसिस तालिम सञ्चालन गर्ने घोषणा गरेको छ।

उक्त तालिममा R Programming, SPSS, PowerBI, STATA, Python, Advanced Excel, ArcGIS तथा AI आधारित डेटा विश्लेषण जस्ता आधुनिक टूलहरूमा प्रशिक्षण दिइनेछ। ग्रुपका निर्देशक तथा आइटी इन्जिनियर खेमराज पोख्रेलका अनुसार तालिम १० वर्षभन्दा बढी अनुभव भएका दक्ष प्रशिक्षकहरूबाट सञ्चालन हुनेछ।

तालिममा Software Installation देखि लिएर Data Cleaning, Processing, Analysis तथा Statistical Test (जस्तै t-test, ANOVA, Regression, Chi-square) सम्मका विषयवस्तुहरू अभ्यासमा आधारित शैलीमा सिकाइने निर्देशक पोख्रेलले जानकारी दिनुभयो ।

तालिम बिद्यार्थी, अनुसन्धानकर्ता, विश्वविद्यालयका शिक्षक-कर्मचारी, सरकारी/गैरसरकारी संस्थामा कार्यरत कर्मचारी, विदेश अध्ययन वा रोजगारीको तयारी गरिरहेका व्यक्तिहरु, तथा डेटा विश्लेषणमा रुचि राख्ने जोकोहीका लागि यो तालिम उपयोगी हुने पीबी ग्रुप प्रालिका अध्यक्ष आइटी विज्ञ युवराज भुषालले जानकारी दिनुभयो । तालिम भर्चुअल तथा भौतिक दुवै माध्यमबाट सञ्चालन हुने उहाँले बताउनुभयो । जसले गर्दा देश तथा विदेशमा बसेका सहभागीहरूका लागि समेत सहज हुने उहाँको भनाइ छ ।

डेटा एनालाइसिस तालिमका फाइदा केके छन?

हाल डेटा एनालाइसिस क्षेत्रलाई नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग भएको, उच्च तलब प्रदान गरिने क्षेत्रको रूपमा लिइन्छ। साना देखि ठूला कम्पनी, अनुसन्धान संस्था तथा अन्तर्राष्ट्रिय संघसंस्थाले डेटा विज्ञको खोजी गरिरहेका छन्। यस तालिमपछि सहभागीहरूले डेटा विश्लेषण तथा अनुसन्धान लगायतका क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने तथा फ्रीलान्सिङ वा अनलाइन माध्यमबाट आय आर्जन गर्न चाहनेका लागि समेत तालिम उपयोगी हुने संस्थाको दावी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *