आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं चैत १०
धादिङमा आफ्नै घरको बाहिरपट्टि ड्रममा राखेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । शनिबार निलकण्ठ नपा–४ पौवा बस्ने पाँच वर्षीया सञ्जीवनि परियारको मृत्यु भएको हो ।

आफ्नै घरबाहिर राखिएको सय लिटरको पानीको ड्रममा डुबी घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

सवा ४ बजेतिर पानीमा डुबेर अस्पताल पुर्याएकोमा चिकित्सकले उनलाई ४५० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *