घट्यो,सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं चैत ८,

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री भैरहेको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *