रास्वपा भरतपुरको ३ दिने महिला आत्मनिर्भरता तथा स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न

चितवन, ०७ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरले आयोजना गरेको ३ दिने महिला आत्मनिर्भरता तालिम तथा स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।चैत ५ गते देखि सुरु भएको तालिम आज समापन गरिएको हो। प्रमुख अतिथि केन्द्रिय सदस्य सबिना विक रहनुभएको कार्यक्रममा महानगर सभापति सीता ज्ञावलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

५ र ६ गते प्रशिक्षक सीता थापा भट्टराई ज्युले महिला दिदिबहिनीहरुलाई घरेलु उत्पादन (गुन्द्रुक, मस्यौला, अचार)लगायतका सामग्री बनाउन सिकाउनु भएको थियो। भने आज स्वास्थ्य सम्बन्धि प्रशिक्षण वरिष्ठ डा. केशव राज भुर्तेल, रामशरण थापा, नानीमाया नेपाल ज्युले प्रशिक्षण दिनुभएको थियो। उपस्थित महिला दिदिबहिनीगरुमा यस कार्यक्रममा भान्छा सुधारका उपायबारे पनि जानकारी गराइएको थियो।

महिला आत्मनिर्भरता तालिमको संयोजक मनरुपा पौडेलले संचालन गरेको कार्यक्रम ककार्यक्रममा रास्वपा केन्द्रिय शिक्षा विभाग उप-प्रमुख कृष्ण हरि पौडेल, प्रवास सम्पर्क विभागका केन्द्रिय सदस्य प्रकाश आचार्य, जिल्ला सभापति कृष्ण प्रसाद भुसाल, महानगर पदाधिकारी तथा सदस्यहरु, विभागीय पदाधिकारी तथा सदस्यहरु, वडा सभापतिहरु तथा पदाधिकारीहरु लगायत तालिममा सहभागी महिला दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई विशेष सम्बोधन गर्दै प्रमुख अतिथी सबिना विकले तालिमले महिला सशक्तीकरण मात्र नभई आर्थिक क्रान्तिको सुरुवात भएको बताउनु थियो। जिल्ला सभापति कृष्ण प्रसाद भुसालले आयोजकलाई धन्यवाद दिँदै तालिममा सिकेको सीप व्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो। सभापति सीता ज्ञावलीले महिलालाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा सहभागी महिला दिदिबहिनीहरुले तालिम उत्साहजनक, फलदायी र ज्ञानवर्द्वक भएको बताउनुभएको थियो।

निशुल्क रुपमा संचालन गरिएको कार्यक्रममा सहभागी महिलादिदिबहिनीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *