लंकुमा लक्ष्मीवैकुण्ठनाथ स्वर्णब्रह्ममहोत्सव सम्पन्न

माधव सापकोटा
फागुन २७ , चितवन
भरतपुर – ४, धर्मचोक , लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको ५० औं ब्रह्मोत्सव एवम् मन्दिरद्वारा संचालित गुरुकुलको ३७ औं वार्षिक उत्सवका अवसरमा फागुन २१ देखि आरम्भ भएको “श्रीमद्भागवत ज्ञान-महायज्ञसहित- साङ्ग श्रीलक्ष्मीवैकुण्ठनाथ- स्वर्णब्रह्ममहोत्सव २०८१” को आज समापन भएको छ।

समारोहमा प्रमुख कथावाचक सन्तोष रामानुजदासलाई अभिनन्दन पत्रद्वारा अभिनन्दन गरिएको छ। यसै अवसरमा मन्दिरमा गोपुर, शालग्राम मन्दिर आदि संरचना निर्माणका लागि एनआरएनएका उपमहासचिव सोम सापकोटालाई संयोजक चयन गरिएको छ।

मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व र लक्ष्मीनारायण मन्दिर पाङ् , पर्वतका पीठाधीश स्वामी डा. कमलनयनाचार्य रिजालको प्रधान आचार्यत्वमा सम्पन्न महोत्सवमा दैनिकरूपमा युवा कथावाचक गुरुकुलका पूर्व विद्यार्थी सन्तोष रामानुजदासले सङ्गीतमय श्रीमद्भागवत कथा- प्रवचन गर्नुभएको थियो।

महोत्सवमा मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्य “मुक्तिनाथ बाबा”, स्वामी श्रीनिवासाचार्य, सूर्यपाकी केशवाचार्य स्वामी लगायतका प्रमुख सन्त- महन्तहरूको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *