अङ्ग्रेजी हिज्जे प्रतियोगितामा वाल्मीकि प्रथम

चितवन, माघ २९
नारायणी इङ्लिस पब्लिक स्कुलको ३०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा जिल्लास्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा वाल्मीकि शिक्षा सदन प्रथम, स्काइराइडर स्कुल द्वितीये र ज्ञानदर्शन इङ्लिस तृतीय भएका छन् ।

विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षता एवम् भरतपुर महानगरपालिकाका शिक्षा अधिकृत शिव ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भरतपुर मेट्रो प्याब्सनका सल्लाहकार भानुभक्त अर्याल, भरतपुर मेट्रो प्याब्सनका सदस्य प्रेम बस्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाश सिग्देलको संयोजकत्वमा भएको कार्यक्रममा अङ्गे्रजी विभाग संयोजक रमेश शर्मा चालिसेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शहीद स्मृति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दिलीप शर्माले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *