बखान च्याम्पियनसिप : सूर्यपुर फाइनलमा प्रवेश

चितवन, माघ २९
सूर्यपुर एफसी तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा अभिषेक चर्च रजहरलाई पराजित गर्दै सूर्यपुरले फाइनलमा स्थान पक्का गरेको हो ।

बखान मिनी रगंशालामा भएको खेलमा सूर्यपुरले अभिषेक चर्चलाई ३-१ ले पराजित गरेको हो ।

सूर्यपुरलाई जिताउन समिराज थोकरले २ तथा मोहित गुरुङले एक गोल गरे । अभिषेक चर्चका लागि एप्पीले एक गोल फर्काए ।

दुई गोल गरेका समिराज प्लेयर अफ दि म्याच भए । सूर्यपुरले अब उपाधिका लागि पटिहानी एफसीको सामना गर्नेछ । पटिहानी पहिलो सेमिफाइनलमा शारदा युथ क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *