एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री

काठमाडौंँ, २९ माघ : 
प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी १० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै उहाँले खोप लगाउन यस अभियानमा संलग्न हुनुभएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद दिनुभएको हो ।

“माघ २२ गतेदेखि सुरू भएको देशव्यापी एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ । हालसम्म १० लाख किशोरीले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको छैटौँ दिनमा (माघ २८ गते सम्म) १० लाख १६ हजार सात सय ७१ किशोरीले खोप लगाएका छन् । यो समग्रमा ६० दशमलव ६५ प्रतिशत हो । १६ लाख ७६ हजार चार सय ५२ मध्ये १० लाख १६ हजार सात सय ७१ जना किशोरीले खोप लगाएका हुन् । उहाँले खोप कार्यक्रम सबैको सहयोगले सफल रूपमा चलिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *