शानदार म:ममा आगलागी हुँदा घाइते दुई जनाको मृत्यु

काठमाडौं, माघ २९ –
काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:मको भवनमा आगलागीबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनका अनुसार सोमबार राति ९ बजेतिर रविन राई र मंगलबार रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो।

माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। जसमध्ये दुई जनाको मृत्यु भएको हो।

अन्य घाइतेको उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *