अनेरास्ववियु भरतपुरको अध्यक्षमा सफल भट्ट

चितवन, माघ १३ –
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भरतपुर महानगर कमिटीको अध्यक्षमा सफल भट्ट चयन भएका छन् ।

महानगर कमिटीको दोस्रो अधिवेशनले सर्वसम्मतबाट भट्टको नेतृत्वमा २३ सदस्यीय कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा रोशन चौहान, आकाश सापकोटा, कुशल भट्टराई, सचिवमा सृजल रेग्मी, सहसचिवहरुमा अमृत अधिकारी, विपिन पौडेल, जीवन वाईबा, कृषु रिमाल र कोषध्यक्षमा बिना अधिकारीलाई चयन गरिएको छ । त्यसैगरी कार्यालय सचिव सृष्टि आचार्यलाई बनाइएको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिव डा. सुजन कडरियाको प्रमुख उपस्थिति रहेको उद्घाटन सत्रमा नेकपा एमाले केन्द्रीय सदस्य जे एन थपलिया, एमाले चितवनका पूर्व अध्यक्ष राम प्रसाद न्यौपाने लगायत चितवनबाट प्रतिनिधित्व गर्ने अनेरास्ववियुका केन्द्र, प्रदेश तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *