पुरुषमा हृदय रोगको खतरा किन धेरै हुन्छ ? यसबाट बच्न अपनाउनुस् यी उपाय

काठमाडौ, माघ १३ –
पुरुषमा महिलाको तुलनामा हृदय रोगको जोखिम बढी हुने गर्दछ। यसका पछाडि जैविक, हर्मोनल तथा जीवनशैलीसँग सम्बन्धित धेरै कारण हुन सक्छन्।

पुरुषको हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सन्तुलित आहार, नियमित व्यायाम, तनाव व्यवस्थापन र समय समयमा स्वास्थ्य जाँच आवश्यक छ।

दिनचर्यामा साना तर, सकारात्मक परिवर्तन गरी हृदयलाई स्वस्थ राख्न सकिन्छ। पुरुषमा हृदय रोगको जोखिम किन धेरै हुन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे जानकारी लिऔं :

पुरुषमा हृदय रोगको जोखिम बढी हुनुका कारण

१. हर्मोनल भिन्नता
पुरुषमा टेस्टोस्टेरोन हर्मोनको स्तर उच्च हुने गर्दछ, जसले खराब कोलेस्ट्रोल(LDL) बढाउन र राम्रो कोलेस्ट्रोल(HDL)बघटाउन भूमिका खेल्न सक्छ।
महिलामा एस्ट्रोजेन हर्मोनले हृदयलाई सुरक्षा प्रदान गर्छ, तर पुरुषमा यस्तो सुरक्षा हुँदैन।

२. जीवनशैलीका भिन्नता
पुरुषमा धूम्रपान र मदिरा सेवन गर्ने प्रवृत्ति बढी हुन्छ, जसले हृदय रोगको जोखिम बढाउँछ। चिल्लो खाना, जंक फुड र चिनीको अत्यधिक सेवनले मोटोपन र उच्च कोलेस्ट्रोल बढाउँछ।

३. तनाव र मानसिक स्वास्थ्य
पुरुष प्रायः आफ्नो मानसिक स्वास्थ्यप्रति बेवास्ता गर्छन्। अत्यधिक तनाव र चिन्ताले हृदयलाई प्रत्यक्ष असर पुर्‍याउँछ।

४. उच्च रक्तचाप र मधुमेह
उच्च रक्तचाप र मधुमेह पुरुषमा सामान्य समस्या मानिन्छ, जसले हृदय रोगको जोखिम बढाउँछ।

५. आनुवंशिक प्रवृत्ति
परिवारमा हृदय रोगको इतिहास भएका पुरुषमा यस्तो समस्या हुने सम्भावना बढी हुन्छ।

हृदय रोगबाट बच्न अपनाउनुपर्ने उपायहरू ;

१. स्वस्थ आहार अपनाउनुहोस्
फाइबरयुक्त खाना (तरकारी, फलफूल, साबुत अन्न र दाल) खाने गर्नुहोस्। ओमेगा-३ फ्याटी एसिड (जस्तै माछा, अलसी) र बदामलाई आहारमा समावेश गर्नुहोस्।
नुन र चिनीको मात्रा कम गर्नुहोस्।

२. नियमित व्यायाम गर्नुहोस्
दैनिक ३० मिनेट साइक्लिङ, दौड वा पौडी खेल्नुहोस्। योग र प्राणायामले तनाव कम गर्न र रगतको प्रवाह सुचारु गर्न मद्दत गर्दछ।

३. धूम्रपान र मदिरा सेवन नगर्नुहोस्
धूम्रपानले हृदयका धमनीहरूलाई साँघुरो बनाउँछ। मदिरा सेवनलाई सीमित गर्नुहोस् वा पूर्ण रूपमा त्याग्नुहोस्।

४. तौल नियन्त्रणमा राख्नुहोस्
मोटोपन हृदय रोगको प्रमुख कारण हो, तसर्थ तौललाई स्वस्थ दायरामा राख्नु आवश्यक छ।

५. नियमित स्वास्थ्य जाँच गराउनुहोस्
रक्तचाप, कोलेस्ट्रोल र ब्लड सुगरको नियमित जाँच गराउनुहोस्। यदि रक्तचाप वा कोलेस्ट्रोलको स्तर उच्च छ भने चिकित्सकको सल्लाह लिनुहोस्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *