प्युठानमा जिप दुर्घटना हुँदा १० जना घाइते

दाङ, पुस २८ –
प्युठानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

आइतबार दिउँसो १स्४० बजे प्यूठानको माण्डबी गाउँपालिका – ३ अरुण खोला नजिकै भे १ ज ७३४ नम्बरको सुमो जिप अनियन्त्रित भइ सडकको दायाँ साइडको भित्तामा ठोक्किएको थियो।

दुर्घटनामा परी घाइते हुनेमा चालक कपिलबस्तु जिल्लाको शिवराज नगरपालिकाका २५ वर्षीय विजय कौशोधनको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश वस्यालले टाउकोमा चोट खेपेका उनको अचेत अवस्थामा उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनाका घाइतेमध्य रोल्पाको सुनछहरी गाउँपालिका- १ का ८० वर्षीय खलवीर घर्ती, सोही ठाउँकी ७६ वर्षीया चम्फा घर्ती र झापाको दमक नगरपालिका- ८ का ३८ वर्षीय उमानाथ भट्टराइको अवस्था मध्यम छ।

अन्य सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *