सिन्धुपाल्चोकमा बस दुर्घटना

काठमाडौं, पुस २६ –
सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको छ।

सुनकोशी गाउँपालिका-५ मा बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको हो।

दोलखाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार एक बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए।

‘ब्रेक फेल भएर पल्टिएको भन्नेकुरा आएको छ,’ एसपी खड्काले भने, ‘अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *