रुकुममा बलात्कार गरेको आरोपमा १ जना पक्राउ

रुकुम, पुस १९ –
रुकुम पूर्वमा ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भुमे गाउँपालिका- ७ लाभाङका २९ वर्षीय सुर्जे रोका मगर छन् । उनलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मगरले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *