घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

दाङ, पुस १८ –
प्युठानमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ।

नौंबहिनी गाउँपालिका–६ धारखोलाकी ४३ वर्षीया नारायणी बिसीको घाँस काट्न गएको समयमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले बताए।

बुधबार बेलुका पौने पाँच बजेतिर उनी भिरमुनि लडेको अवस्थामा फेला परेपछि प्रहरीले अस्पताल पुर्‍याएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *