बिहीबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ, पुस १८ –
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बिहीबार बढेर कारोबार भएको महासंघले आफ्ना वेबसाइटमा उल्लेख गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *