सुनको मूल्य १४ सयले बढ्यो

काठमाडौं, पुस १७ –
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधबार स्थिर छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *