सुनको मूल्य तोलामा ६०० ले बढ्यो

काठमाडौं, पुस ११ –
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *