रास्वपा नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ

२५ मंसिर, काठमाडौं
अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च सर्वोच्चले रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोबिता गौतम लगायतलाई विपक्षी बनाइएको छ। सर्वोच्चले विपक्षी बनाइएका सवैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *