अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु

न्युयोर्क, १९ जेठ-
ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।

आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन। ‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ ।

आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानाकारी गराएको छ ।एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *