सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, असोज १३ –
स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

गएको शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *