अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु

काठमाडौँ, असोज १२
हेलेन नामको आँधीका कारण अमेरिकामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

शुक्रबार फ्लोरिडा र अन्य धेरै दक्षिणपूर्वी राज्यहरूमा हेलेन नामको आँधीले ठूलो जनधनको क्षति गरेको छ ।

अधिकारीहरूले आँधीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको जनाएका छन् । यी क्षेत्रमा अझै धेरै क्षतिको सम्भावना कायमै रहेको उनीहरूको भनाइ छ ।

‘फ्लोरिडामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । दक्षिण फ्लोरिडामा दुई फायर फाइटरहरूसहित १४ जनाको मृत्यु भएको छ भने छिमेकी जर्जियामा ११ जनाको मृत्यु भएको छ,’ अधिकारीहरूले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *