Blog

  • देउवा सरकार उद्धारका लागि सक्रिय, अफगानिस्तानबाट यी नम्बरमा सम्पर्क गर्नु

    देउवा सरकार उद्धारका लागि सक्रिय, अफगानिस्तानबाट यी नम्बरमा सम्पर्क गर्नु

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यो देशमा रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्रांकित प्रथम श्रेणी वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको छ ।

    रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शंकरदास बैरागीको कार्यकक्षमा आईतवार अन्तरमन्त्रालयको बैठक बसेको थियो ।

    उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था समेत गरिएको छ ।

    अनलाइनमा आफ्नो नाम सहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ । उद्धारका लागि भाइबर, ह्वाट्सएप सहितको ९७४९३२६४५८ र ९७४९३२६४५९ मोबाइल नम्बरको व्यवस्था गरिएको छ ।

    आफ्नो अवस्थाबारे जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले सबै नेपालीमा आग्रह गरेको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली संघ, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ ।

    अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँदिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ ।

    आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बर समेत उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना तथा तथ्यांक उपलब्ध गराउन समेत आग्रह गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • १ हप्ता घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल

    १ हप्ता घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल

    महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

    ‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउनेछ । नगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ-कुनामा फोहोर थुप्रिन सुरु भएको छ । अझै कति दिनपछि फोहोर उठ्छ भन्ने निश्चित छैन ।

    काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।

    फोहोर विसर्जन गर्ने अर्को विकल्प नभएकोले सिस्डलमा समस्या हुँदा काठमाडौं बेलाबेलामा दुर्गन्धित बन्ने गरेको छ ।

  • जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे

    जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे

    विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्।

    आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्।

    तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए।

    राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ। अब तालिबानहरू सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन।

    तालिबानका प्रवक्ताले अब अफगानिस्तानमा युद्ध समाप्त भएको बताएका छन्।

    उता देश छोडेका राष्ट्रपति घानीले रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन्। उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएको छैन।

  • चीनले कब्जा गरेको नेपाली भूमीमा सशस्त्र प्रहरीले गाड्यो ३ दिन पैदल हिँडेर नेपालको झण्डा

    चीनले कब्जा गरेको नेपाली भूमीमा सशस्त्र प्रहरीले गाड्यो ३ दिन पैदल हिँडेर नेपालको झण्डा

    आवाजपाटि; नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ ।सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

    स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उहाँले बताउनुभयो । गाडी जाने ठाउँसम्म गाडी र त्यसपछि तीन दिन पैदल हिँडेर ३ नम्बर सीमा स्तम्भसम्म पुगेको बताउँदै उहाँले पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सीमा स्तम्भमा पुग्न निकै कठिन रहेको बताउनुभयो ।

    उहाँका अनुसार सीमा स्तम्भ पुग्ने क्रममा टोलीले कतै पाटन, कतै उकालो, भीरपाखा छिचोल्नु परेको थियो । टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानसम्म चढ्नुपरेको थियो ।सशस्त्रको हेडक्वाटर रहेको सदरमुकाम सिमकोटको ४४ नम्बर गुल्मबाट नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीसम्म कर्णाली करिडोरको सडक हुँदै गाडीमा पुगेको टोली पहिलो दिन उतै बास बस्नुपरेको थियो । सीमा स्तम्भ अनुगमनको जिम्मा पाएको टोलीले त्यसको पछिल्लो दिन नेम, ह्याङ्सी हुँदै घी खर्कमा दोस्रो बास बसेको थियो ।

    तेस्रो दिन याङ्जो पोखरी, चिलिमे भञ्ज्याङस्थित ३ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको उहाँले बताउनुभयो । हिँड्ने बाटो नभएको अग्लो पाटनमा सुरक्षाकर्मीको हातमा रहेको जीपीएसका भरमा टोली स्तम्भको पहिचान गर्न सफल भएको हो । अक्सिजनको मात्रा कम भएकाले लेक लाग्ने उत्तिकै सम्भावनालाई समेत ध्यानमा राख्दै सुरक्षा गस्ती पुगेको थियो । उहाँले सीमा अनुगमन गरेर टोली सुरक्षित रूपमा फर्केको बताउनुभयो ।

    हिउँले १०र११ महिना ढाक्ने सो क्षेत्रमा उपयुक्त समयमा गएका कारण सीमा स्तम्भको पहिचान गर्न सफल भएको हो । मानवबस्ती नभएको सो क्षेत्रमा टोलीले आफूलाई आवश्यक पर्ने सबै कुरा बोकेर सीमाको अनुगमनमा निस्कनुपरेको थियो ।

  • शेरबहादुर देउवाले दिए ,कुलमानलाई बिधुत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन जताततै खुसियाली

    शेरबहादुर देउवाले दिए ,कुलमानलाई बिधुत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन जताततै खुसियाली

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

    झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।


    दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए ।
    त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन ।

    तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिएका हुन् ।

  • एनआरएनए अष्ट्रेलियाको महासचिवमा दोब्बर मतले राजुबाबु निर्वाचित

    एनआरएनए अष्ट्रेलियाको महासचिवमा दोब्बर मतले राजुबाबु निर्वाचित

    चितवनः एनआरएनए अष्ट्रेलियाको महासचिवमा पश्चिम चितवन रामपुरका राजुबाबु अधिकारी झण्डै दोव्वर मतका साथ निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ८ सय १५ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्द्धि अच्यूत शर्मा थपलियाले ४ हजार ५ सय ७३ मत मात्र ल्याउनुभयो ।
    सन २००५ मा नेपालमा इलोक्ट्रोनिक्स इन्जिनियरीङ अध्ययन गरेर अष्ट्रेलिया जानु भएका अधिकारी यस अघि अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुनुहुन्थ्यो । उहाँ नेप्लिज एशोशियसन अफ नर्थन टेरिटोरीको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । दर्जनौ सामाजिक संघ संस्थामा अधिकारी आबद्ध हुनुहुन्छ । उहाँले निर्वाचित भए संगै गैर आवासीय नेपाली अभियानका स्थापित उद्धेश्यहरु प्राप्त गराउनका लागि आँफु लागि पर्ने बताउनुभयो । जसमा नेपाली नागरिकताको निरन्तरता, नेपालमा सामुिहक लगानी भित्रयाउने, पर्यटन प्रर्वद्धन गर्ने, विदेशमा भएका नेपालीको ज्ञान, सिप, उद्यमशिलता नेपाल भित्रर्याउने लगायतका उद्धेश्य रहेका छन् ।

    अधिकारी अष्ट्रेलियामा लोकप्रिय युवाका रुपमा परिचित हुनुहुन्छ । अधिबेशनले अध्यक्षमा नन्द गुरुङ्लाई निर्वाचित गरेको छ ।

  • एमसीसी खारेजीको माग गर्दै  चौबीसकोठीमा विरोध र्‍याली

    एमसीसी खारेजीको माग गर्दै चौबीसकोठीमा विरोध र्‍याली

    चितवन । मिलिनियम च्यालेन्च कर्पोरेसन ९एमसीसी० सम्झौता खारेज सहितको माग राख्दै भरतपुरको चौबीसकोठीमा विरोध र्‍याली निकालिएको छ। एमसीसी अभियान संयुक्त संघर्ष समिति चितवनले भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन गरेको हो।

    विरोध प्रर्दशनमा सयौं प्रर्दशनकारीको सहभागिता रहेको छ । उनीहरु विभिन्न ब्यानर र प्लेकार्डसहित विरोधमा उत्रिएका छन ।

  • अग्नी : संघर्षको त्यो समय एउटा भाग्यमानी गायक

    अग्नी : संघर्षको त्यो समय एउटा भाग्यमानी गायक

    काठमाडौं, पुष १९-

    अग्नी प्रसाद कंडेल चितवन बाट राजधानी आएको केहि समयमै एउटा दोहोरी साँझमा बाद्य बाधकका रुपमा प्रवेश गरे । पछि गायनमा लागे । अग्नीलाई काम गर्नु पर्ने बाध्यता थिएन् ।

    रहरको क्षेत्र भएकाले दोहोरी साँझमा प्रवेश गरेका अग्नीले केहि समयसम्म आफूले दोहोरीमा गीत गाउँदै गरेको कुरा परिवारमा लुकाए । अहिले अग्नीआफै दोहोरी साँझ खोलेर थुप्रै कलाकार जन्माउने बाटोमा छन् ।

    त्यहि दोहोरी साँझ हुँदै गीत रेकर्डमा क्रममा अग्नीले धेरैका धेरै खाले कुरा सुन्नु प¥यो । उमेर बढ्दै जाँदा उनको स्वरमा पनि परिवर्तन आयो । पहिलाको सुरिलो स्वरमा केहि धोद्रो पन आएको थियो । हो त्यहि बेला गीत रेकर्ड गर्न खोज्दा अग्नीलाई धेरैले धोद्रो स्वरले लोक गीत गाएर हुँदैन भनेर निरुत्साहित गरेका थिए ।

    तर, उनले भने हरेस खाएनन् । नारायण रायमाझीका फ्यान अग्नी उनका गीत खुब गुन्गुनाउथें । धेरैले उनलाई नारायण रायमाझीको फोटोकपी समेत भन्ने गर्थे । पछि उनले गायनमा आफ्नै शैली खोज्न थाले । शास्त्रीय संगीतको अध्ययनलाई पनि अगाडी बढाए ।

    जति बेला अग्नीले पहिलो पटक एल्वम निकाल्ने सोचेर म्यूजिक कम्पनी धाएथे, धेरैले राजु परियार र पुरुषोत्तम न्यौपानेको जमाना हो भनेर फर्काए । पछि अग्नीले नारायण रायमाझीलाई आफ्ना २ गीत गाएर सुनाए । रायमाझीले अग्नीका दुबै गीत मन पराए ।

    गीत सुनेर त्यतिबेला अग्नीलाई उनले ‘तिमीलाई यो गीतले स्थापित गराउँछ’ भनेका थिए । अग्नीले त्यतिबेला रायमाझीका कुरा पनि त्यति पत्याएका थिएनन् । धेरैको खिसिटिउरी सुन्दा सुन्दै दिक्क भएका अग्नीलाई नारायण रायमाझीले निक्कै हौसला प्रदान गरे । त्यसपछि अग्नीले एल्वम निकाले ।

    नेपाली लोकगीत संगीतका स्रोता र गीतसंगीतका क्षेत्रमा काम गर्ने धेरैका नजरमा पर्न सफल भए अग्नी कंडेल । त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन् ।

    अग्नी सम्झिन्छन् ‘त्यो बेला मैले नारायण दाईको संगत गरेको थिईन भने म गायक बन्न सक्थे कि सक्दिनथे थाहा छैन् ।’ उनले गीत गाउनकै लागि यो राजधानीमा धेरै पापड पेल्नु परेन । गीतसंगीतमा गरेको लगानी डुबाउनु परेन् ।

    केहि पललाई छाड्ने हो भने अग्नी संघर्षको त्यो समय एउटा भाग्यमानी गायक थिए र अहिले पनि आफ्नो फरक परिचयका साथ लोकगायनमा जमिरहेछन् । टिकिरहेछन् ।

  • एमसिसीको विरोधमा भोलिदेखि चितवनमा निरन्तर आन्दोलन

    एमसिसीको विरोधमा भोलिदेखि चितवनमा निरन्तर आन्दोलन

    चितवन । मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) खारेजीको माग गर्दै नागरिक अगुवाहरु पुनः आन्दोलनमा उत्रने भएका छन्। एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले भोलि सोमबारदेखि निरन्तर आन्दोलन गर्ने बताएको हो । समितिले आइतबार भरतपुरमो पत्रकार सम्मेलनको आयोजना गर्दै एमसिसी नेपालको हितविपरित भएकोले सरकारलाई यसको खारेजी माग गरिएको जानकारी दिएको हो ।

    संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले एमसिसी खारेजी अभियानको लागि साउन १२ गते बसेको प्रतिनिधिमुलक भेलाले ५०१ सदस्यीय संघर्ष समिति गठन गरिएको जानकारी दिए। उक्त समितिले भोलि सोमबार भरतपुरको चौबीसकोठीमा आधा घण्टा सडक धर्ना राखिनेसमेत जानकारी दिएको छ। एमसिसी खारेज नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिइरहने समितिका सचिव अजिव पौडेलले जानकारी दिए।

    समितिका अगुवा साध्यबहादुर भण्डारीले नेपाली जनतालाई नचाहिएको एमसिसी पारित हुन नदिन नागरिकस्तरबाटै आन्दोलनको आवश्यकता परेकोले समिति गठन गरेर आन्दोलन गर्ने तयारीमा लागेको बताए। नेपाललाई कमजोर ठानेर अमेरिकी सरकारले आफ्नो सैनिक सासन लागू गर्न खोजेकोले त्यसको विरुद्ध आम जनता लाग्नुपर्ने उनको भनाइ छ।

    अमेरिकी सरकारले नेपाल सरकारकै पैसामा आफ्नो शासन लागू गर्न खोजिएको हुँदा त्यसबाट सतर्कता अपनाउन जनस्तरबाटै आन्दोलन आवश्यक परेको उनले बताए।