चितवन, साउन २- भरतपुर महानगरपालिका वडा नम्वर १, मेनरोड स्थित युवा व्यवसायी द्वारा संचालित पिपुल्स फर्मामा साताको दुई दिन छाला तथा सौन्दर्य विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा सुरु भएको छ । फर्मामा डा. मनोज अधिकारीबाट छाला तथा सौन्दर्य सम्बन्धी विभिन्न रोगहरुको…
हेटौंडा, साउन २- बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श…
काठमाडौं, साउन २- आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप…
एजेन्सी, साउन २- भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ । नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ । चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार हुनुहुन्छ भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री…
काठमाडौ, २ साउन- पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज ९सोमबार० कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक ३ बजेलाई डाकिएको छ । विविधसहित १२ बुँदामा एजेन्डा राखिएको छ । जसमा…
एजेन्सी, साउन २- सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले…
लमजुङ, २ साउन- अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे(बेँसीसहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत बेँसीशहर नगरपालिका(१ उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्ण बहादुर अधिकारीले बताउनुभयो । रिठ्ठेबगर हुँदै उदिपुर…
चितवन, साउन १ – भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ । मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको…
खोटाङ, २ साउन खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा २६ भदौ २०७५ मा…
काठमाडौं, २ साउन तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौंमा वर्षा भएको छ । जसकारण ‘हल्का राहत’ महसुस भएको छ । उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो । तर, मनसुनको न्युन चापिय रेखा हाल पनि सरदर स्थानभन्दा…