Category: लुम्बिनी प्रदेश

  • लुम्बिनी प्रदेशको स्थापना दिवसमा आज सार्वजनिक बिदा

    लुम्बिनी प्रदेशको स्थापना दिवसमा आज सार्वजनिक बिदा

    दाङ – लुम्बिनी प्रदेशमा पछिल्लो पाँच दिनमा तीन दिन सार्वजनिक बिदा भइसकेको छ । माघ २८ गते शनिबार परेको थियो भने फागुन १ गते जनयुद्ध दिवस भन्दै सरकारले सार्वजनिक बिदा दियो । आज (बुधबार) लुम्बिनी प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।

    प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ चैत २१ गतेको निर्णयानुसार प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार सूचना जारी गरी जनाएको छ। लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाउने भएको छ।

  • लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

    काठमाडौं, माघ ५-
    लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन् ।

    बिहिवार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।

    मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र स्वतन्त्र गरि ५७ मत प्राप्त गरेका हुन् ।

    उनको विपक्षमा २८ मत परेको छ । नेपाली काग्रेस र जनमोर्चाले गिरिलाइ बिश्वासको मत दिएनन् ।

    मुख्यमन्त्री गिरि पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

    लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।

  • नवलपरासीको कुखुरा फर्मबाट साढे आठ सय क्विन्टल चिनी बरामद

    नवलपरासीको कुखुरा फर्मबाट साढे आठ सय क्विन्टल चिनी बरामद

    बुटवल, पुस ३०-
    पश्चिम नवलपरासीको एउटा कुखुरा फर्ममा अवैध रूपमा भण्डारण गरिएको झन्डै साढे आठ सय क्विन्टल चिनी बरामद गरिएको छ।

    नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ८ लोसहडास्थित पाल्ही एग्रो फर्मबाट आठ सय ४१ क्विन्टल चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार कुखुरा फर्मबाट ५० किलोग्राम तोलका १ हजार ६८३ बोरा चिनी बरामद गरिएको हो। उक्त चिनीको तौल ८४१ क्विण्टल रहेको चिनीको मूल्य करिब ६३ लाख ११ हजार रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

     

  • १८ वर्षपछि हत्याका फरार अभियुक्त पक्राउ

    १८ वर्षपछि हत्याका फरार अभियुक्त पक्राउ

    बुटवल ,पुस २९ –

    रुपन्देहीको मायादेवी गाउँपालिका-७ का भीम बहादुर यादवको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

    मायादेवी घर भई ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भनिने रामनरेश यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले शुक्रबार पक्राउ गरेको हो ।

    घटनापछि लुकीछिपी बसेका यादव १८ वर्षपछि पक्राउ परेका हुन् । उनीमाथि २०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरासमेत प्रहार गरी हत्या गरेको आरोप छ ।

    प्रहरीले अभियुक्तलाई आवश्यक कारबाहीको लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाएको रुपन्देही प्रहरी नायव निरीक्षक किरण केसीले बताए ।

  • लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीले गरे दावी पेश

    लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीले गरे दावी पेश

    काठमाडौं, पुष २७-
    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् ।

    नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका हुन् ।

    गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।

    ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ । गिरीलाई प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

  • लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

    लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

    लुम्बिनी, पुष २६
    लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिनुभएको थियो । प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा ९एमाले०ले मुख्यमन्त्री पाउने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

    सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मङ्गलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए ।

    बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

    लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा ९माओवादी केन्द्र०का १०, राप्रपाका चार, जसपा र जनमतका तीन(तीन सदस्य छन् । कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका चार र स्वतन्त्रबाट दुई सदस्य निर्वाचित छन् ।

    कांग्रेसका २७, लोसपाका तीन र नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाका एक(एक सदस्य छन् ।

  • बुटवलमा सामूहिक कुटपिटबाट एक जनाको मृत्यु

    बुटवलमा सामूहिक कुटपिटबाट एक जनाको मृत्यु

    २२ पुस,बुटवल –

    बुटवलमा सामूहिक कुटपिटबाट एक पुरुषको हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका-१३ नागरिक टोलका ५५ वर्षिय यमप्रसाद नेपालको घरमै बसिरहेको बेला एक समूहले कुटपिट गर्दा ज्यान गएको हो ।

    शुक्रबार साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल पराजुली,खेम पाण्डे,गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

    डीएसपी थापाका अनुसार कुटपिटको प्रतिकार गर्दा यमप्रसादका दुई छोराहरु दीपेश र दिवस घाइते भएका छन् । कुटपिटपछि नेपाललाई नजिकैको एडमण्ड सिटी अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

  • लुम्बिनी प्रदेशसभामा भेटिदैछन् दाजुभाई, सम्धीसम्धिनी र नन्दभाउजु

    लुम्बिनी प्रदेशसभामा भेटिदैछन् दाजुभाई, सम्धीसम्धिनी र नन्दभाउजु

    बुटवल । लुम्बिनी प्रदेशसभामा यसपटक एकै परिवारका सदस्यहरूले सांसदका रुपमा भेट गर्ने छन् । एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजुभाई, प्रत्यक्ष र समानुपातिकबाट सम्धीसम्धिनी र फरक फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द भाउजु प्रदेशसभामा सँगै देखिन लागेका हुन् ।

    प्रदेशसभा सदस्यमा एमालेबाट प्रत्यक्षमा निर्वाचित भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ एकै घरका दुई दाजुभाइ हुन् । पूर्वी पाल्पाको रामपुर नगरपालिकाका भोजप्रसाद र राजुप्रसाद एमाले पार्टीमा लामाे समयदेखि आबद्ध थिए ।

    भोजप्रसाद लामो समयदेखि बुटवलमा आई राजनीतिमा सक्रिय बनिरहँदा राजुप्रसादले भने पाल्पाबाटै सक्रिय राजनीतिमा थिए । श्रेष्ठ दाजुभाई एकै पटक लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    भोजप्रसाद रुपन्देही २ (ख) बाट निर्वाचित हुँदा भाई राजुप्रसाद पाल्पा १ (क) बाट निर्वाचित भएका हुन् । ०५४ सालमा तत्कालिन बुटवल नगरपालिकाको मेयरमा निर्वाचित भएका भोजप्रसाद यसअघि ०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । भाई राजुप्रसादको भने पहिलो संसदीय यात्रा हो ।

    एमालेबाटै प्रत्यक्ष निर्वाचित भूमिश्वर ढकाल र समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी बसन्ती न्यौपाने सम्धी सम्धिनी हुन् । ढकालकी छोरी र न्यौपानेका छोरा अघिल्लो वर्ष वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरू पनि अहिले सँगसँगै प्रदेशसभा सदस्य बन्ने मौका पाएका छन् ।

    ढकाल रूपन्देही ५ (क) बाट प्रत्यक्षमा निर्वाचित हुँदा न्यौपानेलाई भने एमालेले बाँकेबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनाएको हो । यसअघि ०७४ सालमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका ढकालले एमालेबाट प्रदेश सभामा प्रमुख सचेतक रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

    न्यौपानेको भने संसदीय यात्रा पहिलो हो । बाँकेमा रही अखिल नेपाल महिला संघ हुँदै एमालेको राजनीतिलाई अगाडि बढाएकी न्यौपाने यसअघि नै स्थानीय तह र प्रदेशमा समेत उम्मेदवारको दाबी गर्दै आएकी थिइन् । यसपटक भने ढकालले गरेको लबिङ र जोडबलका कारण न्यौपानेलाई समानुपातिकबाट सांसद बन्न सहज बनेको एमालेका एक नेताले बताए ।

    ‘पार्टीमा गरेको योगदान र उनीमा भएको क्षमताको बारेमा प्रश्न गर्ने ठाउँ छैन तर नेताहरूका परिवार, आफन्त र नातागोताले मात्रै अवसर पाउँदा आफ्ना कोही नभई राजनीति मात्र गरेकाहरू सधैँ अवसरबाट बञ्चित हुने गरेका छन्,’ ती नेताले भने ।

    लुम्बिनी प्रदेशसभामा समानुपातिक कोटाबाट सांसद बनेका भगवती घिमिरे र जानकी न्यौपाने नातामा नन्दभाउजू हुन् । न्यौपाने नन्द हुन् भने घिमिरे भाउजू हुन् । लामो समय एउटै संगठन र पार्टीमा काम गरी अनेमसंघको जिल्ला र केन्द्रीय नेतृत्वमा समेत पुगेका न्यौपाने र घिमिरे प्रदेशसभा सदस्यमा भने दुई फरक राजनीतिक दलबाट सिफारिस भएका हुन् ।

    न्यौपानेलाई एमालेले प्रदेशसभा सदस्य बनाउँदा घिमिरेलाई एकीकृत समाजवादीले प्रदेशसभा सदस्य बनाएको हो । घिमिरेले एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् ।

    एकीकृत समाजवादी पार्टीमा केन्द्रीय सदस्य रहेकी घिमिरे प्रदेशसभामा सो पार्टीकी एक मात्र सांसद हुन् । एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ सत्ता गठबन्धनबाट एउटा पनि सिट पाएको थिएन । समानुपातिकबाट पाएको एकमात्र सिटमा घिमिरेलाई पठाएको हो ।

    यस्तै, एमालेबाट सिफारिसमा परेकी न्यौपाने निवर्तमान प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेकी पत्नी हुन् । अनेमसंघकी केन्द्रीय सदस्य रहेकी जानकीलाई समानुपातिकमा सुरक्षित गरेर कृष्णले अहिले पनि प्रत्यक्षमा निर्वाचन लड्न पहल गरेका थिए । तर, राप्रपासँगको तालमेलमा रूपन्देही १ (क) राप्रपाका आशिष चौधरीलाई छोड्दा पछि श्रीमतीको समानुपातिक सिट सुनिश्चित गरिदिएका थिए ।

    १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसद छन् । प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ जना सांसद रहेको लुम्बिनी प्रदेश सभा यसपटक भने दाजु–भाई, नन्द–भाउजु र सम्धी–सम्धिनीको जम्काभेट हुने भएको हो ।

  • लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

    लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

    बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो ।

    एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ । २०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ ।

    नेकपा माओवादी केन्द्रले ५ सिट जितेर तेस्रो बनेको छ । माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ ।

    माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । अघिल्लो प्रदेश सभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुने छ । यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन् ।

    पहिलो दल बनेको नेकपा एमालेबाट लिला गिरी–रुपन्देही २(१),भोजप्रसाद श्रेष्ठ–रुपन्देही २(२), तुल्सीप्रसाद चौधरी–रुपन्देही–३(२), भुमिश्वर ढकाल–रुपन्देही ५(१),चिन्तामणि पाण्डे–गुल्मी १(१),डिल्लिराज भुसाल–गुल्मी २(१) दिनेश पन्थी–गुल्मी २(२),.राजुप्रसाद श्रेष्ठ–पाल्पा १(१) र खेमबहादुर सारु –पाल्पा १(२) बाट निर्वाचित भएका छन् ।

    यस्तै चेतनारायण आचार्य–अर्घाखांची १(२),राजजीप्रसाद घिमिरे–अर्घाखांची १(२),विष्णु पन्थी–कपिलवस्तु १(१),मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १(२),नवराज लामिछाने–कपिलवस्तु २(१), अर्जुनकुमार केसी–कपिलवस्तु ३(१), तुल्सीराम शर्मा–प्युठान १(१), दुर्गाप्रसाद चौधरी–बांके १(२) र रत्नबहादुर खत्री–बाँके ३(१) बाट निर्वाचित भएका छन् ।

    दोस्रो दल बनेको नेपाली कांग्रेसबाट अब्दुल रज्जाक गद्दी–रुपन्देही १(२), वसिउद्दिन खां–रुपन्देही ४(२), विश्वप्रेम पाठक–नवलपरासी १(१), देवकरणप्रसाद कलवार– नवलपरासी १(२), सुधाकर पाण्डे –कपिलवस्तु २(२), सरोज थापा (रोज राणा)–प्युठान १(२), अनुराग खड्का–दाङ १(२), राजु खनाल–दाङ २(१), प्रचण्डविक्रम न्यौपाने –दाङ २(२), डिल्लीबहादुर चौधरी–दाङ ३(१) बाट निर्वाचित भएका छन् ।

    यस्तै बादशाह कुर्मी–बांके ३(२), धनबहादुर केसी–रुकुमपुर्व १(२), भुवनेश्वर चौधरी–बर्दिया १(१), जन्मजय तिमिल्सेना–बर्दिया २(१), बीरबहादुर राना–पाल्पा २(१), धनेन्द्र कार्की–गुल्मी १(२) र बैजनाथ कलवार जैसवाल–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।

    तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा–रोल्पा १(१), इन्द्रजित थारु –दाङ १(१), कृष्णा केसी–बांके १(१), तुलाराम घर्ती–पाल्पा २(२) र धनबहादुर मास्की–दाङ ३(२) बाट निर्वाचित भएका छन् ।

    यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव–बांके २(१) र आदेशकुमार अग्रवाल–बांके २(२) बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे–रुपन्देही ३(१) र कन्हैया बनिया–रुपन्देही ४(१) बाट निर्वाचित भएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी–रुपन्देही १(१) र जानकीप्रसाद यादव–कपिलवस्तु ३(२) बाट निर्वाचित भएका छन् । नयां दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी–बर्दिया १(२) र धर्मबहादुर चौधरी–बर्दिया २(२) बाट निर्वाचित भएका छन् ।

    नयाँ दलकै रुपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्ता–रुपन्देही ५(२) बाट निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन–रोल्पा १(२), सरुल पुन–रुकुमपूर्व १(१) र खड्ग बस्नेत–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।

  • चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !

    चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !

    चितवन, मंसिर ११

    काठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी) लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो ।

    खड्का चितवनको भरतपुरको नालीमा परेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन् । उनीमाथि प्रहरीले ९ महिनाअघि नै पक्राउ पूर्जी जारी गरेको थियो । तर उनी हालसम्म पक्राउ परेका छैनन् ।

    गत वर्ष माघ ९ मा चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गैंडाको मृत्यु भयो । घटनामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायो ।

    चितवन राष्ट्रिय निकुञ्जले घटनाका दोषी ठहर गर्‍यो सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्कालाई । माघ १३ गते खडकाविरुद्ध निकुञ्जले पक्राउ पूर्जी समेत जारी गर्‍यो । तर उनी पक्राउ परेनन् । राजनीतिक पहुँचका कारण देखाउँदै उनलाई उन्मुक्ति दिइएको आरोप संरक्षणकर्मीहरूले लगाएका थिए ।

    उनै ठेकेदारलाई ३ अर्ब ८ करोड रुपैयाँको ठेक्का दिएर लुम्बिनी प्रदेश सरकारले पुरस्कृत गरेको हो ।

    विवादमा ठेक्का

    लुम्बिनी प्रदेश राजधानी गुरुयोजना निर्माणको ठेक्का सुरुवातदेखि नै विवादमा तानिएको थियो । गत असोज ६ गते १० वटा भवनहरू निर्माणका लागि प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले ठेक्का आह्वान गरेको थियो । यो ठेक्का शर्मा-सगुन जेभीले पाएको हो ।

    सुरुवातमा आयोजनाले पूर्वतयारीको काम नै सम्पन्न नभई ठेक्का आह्वान गरेको थियो । जसकारण अघिल्लोपटकको प्रक्रिया नै रद्द भएको थियो । आयोजनाले वातावरणीय प्रभाव मूल्यांक (इआइए) नै नगरी आयोजनाको ठेक्का प्रक्रिया अघि बढाएको थियो । जसकारण उच्च अदालतमा मुद्दा समेत परेको थियो । अदालतले ठेक्का प्रक्रिया नै रद्द गरेर इआइएको काम अघि बढाउन आदेश दिएको थियो । तर प्रदेश मन्त्रिपरिषद्‌को बैठकले इआइए र ठेक्का प्रक्रिया एकैसाथ अघि बढाउने निर्णय गरेको थियो ।

    यो आयोजना निर्माणका लागि पहिलो चरणमा बन्ने १० वटा भवनको निर्माण लागत लगभग ४ अर्ब २१ करोड रुपैयाँ अनुमान गरिएको थियो। हालसम्म प्रदेश सरकारले नै बजेट विनियोजन गरेको छ। तर यो परियोजना नेपाल सरकारको १८ बिघा जग्गामा निर्माण हुन लागेको हो।

    निर्माण कार्यको जिम्मा पाउने निर्माण कम्पनीले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ। पुसभित्र ठेक्का सम्झौता गरी माघदेखि निर्माणको काम सुरु गर्ने तयारीमा आयोजना छ ।

    लुम्बिनी प्रदेश राजधानी, प्रशासनिक भवन र पूर्वाधार निर्माण पहिलो चरण अनुसार आरसीसी फ्रेम संरचित मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय भवन, विद्युतीकरण, सरसफाइसहित विभिन्न मन्त्रालयका प्रशासनिक भवनहरू, आन्तरिक सडक निर्माण र ल्यान्डस्केपिङ कार्यहरू छन्।

    चार तलाको ९ वटा मन्त्रालय र ५ तलाको एउटा मुख्यमन्त्रीको भवन गरी पहिलो चरणमा १० वटा भवन निर्माण हुनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ राप्ती गाउँपालिका-२ मा निर्माण हुनेछ।

    मुख्यमन्त्री र ठेकेदार कनेक्सन

    प्रदेश राजधानी निर्माणको पहिलो चरणको ठेक्का पाउने शर्मा सगुन जेभीमध्ये शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मासँग मुख्यमन्त्री कुलप्रसाद केसीको कनेक्सन नयाँ भने होइन ।

    गत वर्ष फागुन ८ मा लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणले पाँच अर्ब लागतको लुम्बिनी प्रादेशिक अस्पताललाई नयाँ भवन निर्माणको ठेक्का आह्वान गरेको थियो । यो ठेक्कामा तत्कालीन कांग्रेस सांसद मोहन आचार्य र ठेकेदार रमेश शर्माका कम्पनीले मात्रै पूरा गर्न सक्ने मापदण्ड राखिएको भन्दै निर्माण व्यवसायी महासंघले विरोध जनाएको थियो । नेपाली निर्माण व्यवसायीले मात्र संयुक्त ठेक्का लिए भने १० वर्षमा ६ हजार वर्गमिटर क्षेत्रफलमा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सरकारी अस्पताल बनाएको अनुभव हुनुपर्ने व्यवस्था पनि मापदण्डमा राखिएको थियो। जुन आचार्य र शर्मालाई मात्रै अनुकुल हुने गरि बनाइएको थियो । खरिद अनुगमन कार्यालयले यो मापदण्ड प्रतिकूल हुने ठहर गरेको थियो ।

    लुम्बिनी प्रदेश सभा संसदीय दलले यो प्रकरणलाई लिएर मुख्यमन्त्रीको राजीनामा नै माग गरेको थियो । यो प्रक्रियामा त्रुटी औल्याइएपछि दबाब थेग्न नसकेर प्राधिकरण प्रमुख अनन्तराज घिमिरेले राजीनामा नै बुझाएका थिए ।

    त्यसो लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (वर्तमान मुख्यमन्त्री)ले नै प्रदेशको राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पेस गरेका थिए । उनी मुख्यमन्त्री भएपछि प्रदेश राजधानी निर्माणमा हतारिँदै आएका छन् । उनले प्रदेश राजधानी निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटेर सहयोगको अपिल गरेका थिए । उनले यसका लागि ३ अर्को बजेट नै मागेका थिए । संघीय सरकारले १ अर्ब बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो । अर्बौं लागतको यो ठेक्का केसी आफ्नै कार्यकालमा रमेश शर्मालाई दिलाउन सफल भएका छन् । – जनतापाटी डटकमले तयार पारेरे प्रशारण गरेको यो समाचार हामीले यहाँ जस्ताको त्यस्तै साभार गरेका हौं ।