Author: admin

  • जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे

    जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे

    विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्।

    आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्।

    तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए।

    राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ। अब तालिबानहरू सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन।

    तालिबानका प्रवक्ताले अब अफगानिस्तानमा युद्ध समाप्त भएको बताएका छन्।

    उता देश छोडेका राष्ट्रपति घानीले रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन्। उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएको छैन।

  • चीनले कब्जा गरेको नेपाली भूमीमा सशस्त्र प्रहरीले गाड्यो ३ दिन पैदल हिँडेर नेपालको झण्डा

    चीनले कब्जा गरेको नेपाली भूमीमा सशस्त्र प्रहरीले गाड्यो ३ दिन पैदल हिँडेर नेपालको झण्डा

    आवाजपाटि; नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ ।सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

    स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उहाँले बताउनुभयो । गाडी जाने ठाउँसम्म गाडी र त्यसपछि तीन दिन पैदल हिँडेर ३ नम्बर सीमा स्तम्भसम्म पुगेको बताउँदै उहाँले पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सीमा स्तम्भमा पुग्न निकै कठिन रहेको बताउनुभयो ।

    उहाँका अनुसार सीमा स्तम्भ पुग्ने क्रममा टोलीले कतै पाटन, कतै उकालो, भीरपाखा छिचोल्नु परेको थियो । टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानसम्म चढ्नुपरेको थियो ।सशस्त्रको हेडक्वाटर रहेको सदरमुकाम सिमकोटको ४४ नम्बर गुल्मबाट नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीसम्म कर्णाली करिडोरको सडक हुँदै गाडीमा पुगेको टोली पहिलो दिन उतै बास बस्नुपरेको थियो । सीमा स्तम्भ अनुगमनको जिम्मा पाएको टोलीले त्यसको पछिल्लो दिन नेम, ह्याङ्सी हुँदै घी खर्कमा दोस्रो बास बसेको थियो ।

    तेस्रो दिन याङ्जो पोखरी, चिलिमे भञ्ज्याङस्थित ३ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको उहाँले बताउनुभयो । हिँड्ने बाटो नभएको अग्लो पाटनमा सुरक्षाकर्मीको हातमा रहेको जीपीएसका भरमा टोली स्तम्भको पहिचान गर्न सफल भएको हो । अक्सिजनको मात्रा कम भएकाले लेक लाग्ने उत्तिकै सम्भावनालाई समेत ध्यानमा राख्दै सुरक्षा गस्ती पुगेको थियो । उहाँले सीमा अनुगमन गरेर टोली सुरक्षित रूपमा फर्केको बताउनुभयो ।

    हिउँले १०र११ महिना ढाक्ने सो क्षेत्रमा उपयुक्त समयमा गएका कारण सीमा स्तम्भको पहिचान गर्न सफल भएको हो । मानवबस्ती नभएको सो क्षेत्रमा टोलीले आफूलाई आवश्यक पर्ने सबै कुरा बोकेर सीमाको अनुगमनमा निस्कनुपरेको थियो ।

  • शेरबहादुर देउवाले दिए ,कुलमानलाई बिधुत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन जताततै खुसियाली

    शेरबहादुर देउवाले दिए ,कुलमानलाई बिधुत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन जताततै खुसियाली

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

    झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।


    दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए ।
    त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन ।

    तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिएका हुन् ।

  • एनआरएनए अष्ट्रेलियाको महासचिवमा दोब्बर मतले राजुबाबु निर्वाचित

    एनआरएनए अष्ट्रेलियाको महासचिवमा दोब्बर मतले राजुबाबु निर्वाचित

    चितवनः एनआरएनए अष्ट्रेलियाको महासचिवमा पश्चिम चितवन रामपुरका राजुबाबु अधिकारी झण्डै दोव्वर मतका साथ निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ८ सय १५ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्द्धि अच्यूत शर्मा थपलियाले ४ हजार ५ सय ७३ मत मात्र ल्याउनुभयो ।
    सन २००५ मा नेपालमा इलोक्ट्रोनिक्स इन्जिनियरीङ अध्ययन गरेर अष्ट्रेलिया जानु भएका अधिकारी यस अघि अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुनुहुन्थ्यो । उहाँ नेप्लिज एशोशियसन अफ नर्थन टेरिटोरीको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । दर्जनौ सामाजिक संघ संस्थामा अधिकारी आबद्ध हुनुहुन्छ । उहाँले निर्वाचित भए संगै गैर आवासीय नेपाली अभियानका स्थापित उद्धेश्यहरु प्राप्त गराउनका लागि आँफु लागि पर्ने बताउनुभयो । जसमा नेपाली नागरिकताको निरन्तरता, नेपालमा सामुिहक लगानी भित्रयाउने, पर्यटन प्रर्वद्धन गर्ने, विदेशमा भएका नेपालीको ज्ञान, सिप, उद्यमशिलता नेपाल भित्रर्याउने लगायतका उद्धेश्य रहेका छन् ।

    अधिकारी अष्ट्रेलियामा लोकप्रिय युवाका रुपमा परिचित हुनुहुन्छ । अधिबेशनले अध्यक्षमा नन्द गुरुङ्लाई निर्वाचित गरेको छ ।

  • एमसीसी खारेजीको माग गर्दै  चौबीसकोठीमा विरोध र्‍याली

    एमसीसी खारेजीको माग गर्दै चौबीसकोठीमा विरोध र्‍याली

    चितवन । मिलिनियम च्यालेन्च कर्पोरेसन ९एमसीसी० सम्झौता खारेज सहितको माग राख्दै भरतपुरको चौबीसकोठीमा विरोध र्‍याली निकालिएको छ। एमसीसी अभियान संयुक्त संघर्ष समिति चितवनले भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन गरेको हो।

    विरोध प्रर्दशनमा सयौं प्रर्दशनकारीको सहभागिता रहेको छ । उनीहरु विभिन्न ब्यानर र प्लेकार्डसहित विरोधमा उत्रिएका छन ।

  • अग्नी : संघर्षको त्यो समय एउटा भाग्यमानी गायक

    अग्नी : संघर्षको त्यो समय एउटा भाग्यमानी गायक

    काठमाडौं, पुष १९-

    अग्नी प्रसाद कंडेल चितवन बाट राजधानी आएको केहि समयमै एउटा दोहोरी साँझमा बाद्य बाधकका रुपमा प्रवेश गरे । पछि गायनमा लागे । अग्नीलाई काम गर्नु पर्ने बाध्यता थिएन् ।

    रहरको क्षेत्र भएकाले दोहोरी साँझमा प्रवेश गरेका अग्नीले केहि समयसम्म आफूले दोहोरीमा गीत गाउँदै गरेको कुरा परिवारमा लुकाए । अहिले अग्नीआफै दोहोरी साँझ खोलेर थुप्रै कलाकार जन्माउने बाटोमा छन् ।

    त्यहि दोहोरी साँझ हुँदै गीत रेकर्डमा क्रममा अग्नीले धेरैका धेरै खाले कुरा सुन्नु प¥यो । उमेर बढ्दै जाँदा उनको स्वरमा पनि परिवर्तन आयो । पहिलाको सुरिलो स्वरमा केहि धोद्रो पन आएको थियो । हो त्यहि बेला गीत रेकर्ड गर्न खोज्दा अग्नीलाई धेरैले धोद्रो स्वरले लोक गीत गाएर हुँदैन भनेर निरुत्साहित गरेका थिए ।

    तर, उनले भने हरेस खाएनन् । नारायण रायमाझीका फ्यान अग्नी उनका गीत खुब गुन्गुनाउथें । धेरैले उनलाई नारायण रायमाझीको फोटोकपी समेत भन्ने गर्थे । पछि उनले गायनमा आफ्नै शैली खोज्न थाले । शास्त्रीय संगीतको अध्ययनलाई पनि अगाडी बढाए ।

    जति बेला अग्नीले पहिलो पटक एल्वम निकाल्ने सोचेर म्यूजिक कम्पनी धाएथे, धेरैले राजु परियार र पुरुषोत्तम न्यौपानेको जमाना हो भनेर फर्काए । पछि अग्नीले नारायण रायमाझीलाई आफ्ना २ गीत गाएर सुनाए । रायमाझीले अग्नीका दुबै गीत मन पराए ।

    गीत सुनेर त्यतिबेला अग्नीलाई उनले ‘तिमीलाई यो गीतले स्थापित गराउँछ’ भनेका थिए । अग्नीले त्यतिबेला रायमाझीका कुरा पनि त्यति पत्याएका थिएनन् । धेरैको खिसिटिउरी सुन्दा सुन्दै दिक्क भएका अग्नीलाई नारायण रायमाझीले निक्कै हौसला प्रदान गरे । त्यसपछि अग्नीले एल्वम निकाले ।

    नेपाली लोकगीत संगीतका स्रोता र गीतसंगीतका क्षेत्रमा काम गर्ने धेरैका नजरमा पर्न सफल भए अग्नी कंडेल । त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन् ।

    अग्नी सम्झिन्छन् ‘त्यो बेला मैले नारायण दाईको संगत गरेको थिईन भने म गायक बन्न सक्थे कि सक्दिनथे थाहा छैन् ।’ उनले गीत गाउनकै लागि यो राजधानीमा धेरै पापड पेल्नु परेन । गीतसंगीतमा गरेको लगानी डुबाउनु परेन् ।

    केहि पललाई छाड्ने हो भने अग्नी संघर्षको त्यो समय एउटा भाग्यमानी गायक थिए र अहिले पनि आफ्नो फरक परिचयका साथ लोकगायनमा जमिरहेछन् । टिकिरहेछन् ।

  • एमसिसीको विरोधमा भोलिदेखि चितवनमा निरन्तर आन्दोलन

    एमसिसीको विरोधमा भोलिदेखि चितवनमा निरन्तर आन्दोलन

    चितवन । मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) खारेजीको माग गर्दै नागरिक अगुवाहरु पुनः आन्दोलनमा उत्रने भएका छन्। एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले भोलि सोमबारदेखि निरन्तर आन्दोलन गर्ने बताएको हो । समितिले आइतबार भरतपुरमो पत्रकार सम्मेलनको आयोजना गर्दै एमसिसी नेपालको हितविपरित भएकोले सरकारलाई यसको खारेजी माग गरिएको जानकारी दिएको हो ।

    संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले एमसिसी खारेजी अभियानको लागि साउन १२ गते बसेको प्रतिनिधिमुलक भेलाले ५०१ सदस्यीय संघर्ष समिति गठन गरिएको जानकारी दिए। उक्त समितिले भोलि सोमबार भरतपुरको चौबीसकोठीमा आधा घण्टा सडक धर्ना राखिनेसमेत जानकारी दिएको छ। एमसिसी खारेज नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिइरहने समितिका सचिव अजिव पौडेलले जानकारी दिए।

    समितिका अगुवा साध्यबहादुर भण्डारीले नेपाली जनतालाई नचाहिएको एमसिसी पारित हुन नदिन नागरिकस्तरबाटै आन्दोलनको आवश्यकता परेकोले समिति गठन गरेर आन्दोलन गर्ने तयारीमा लागेको बताए। नेपाललाई कमजोर ठानेर अमेरिकी सरकारले आफ्नो सैनिक सासन लागू गर्न खोजेकोले त्यसको विरुद्ध आम जनता लाग्नुपर्ने उनको भनाइ छ।

    अमेरिकी सरकारले नेपाल सरकारकै पैसामा आफ्नो शासन लागू गर्न खोजिएको हुँदा त्यसबाट सतर्कता अपनाउन जनस्तरबाटै आन्दोलन आवश्यक परेको उनले बताए।

     

  • भरतपुर विमानस्थलबाट सांँढे दुईबर्षमा १० हजार सातसय पटक उडान

    भरतपुर विमानस्थलबाट सांँढे दुईबर्षमा १० हजार सातसय पटक उडान

    चितवन । भरतपुर विमानस्थलमा सांँढे दुईबर्षको अवधिमा विभिन्न उडान कम्पनीका जहाजले १०हजार सातसय १८ पटक भन्दा बढी उडान गरेका छन । कार्यालयका अनुसार सन् २०१९ मा ६हजार ४८८ पटक ,२०२० मा २ हजार ४५६ पटक र २०२१ को जुन महिना सम्म १हजार ७७४ पटक उडान भएको छ । निशेधाज्ञाका कारण विमानस्थलमा नियमित उडान बन्द भएपनि चार्टड उडान भने हुने गरेको छ ।

    निशेधाज्ञा खकुलो भएपछि केही दिन यतिले नियमित उडान गरेपनि हाल यतिले उडान स्थगित गरेको छ भने बुद्ध एयरले दैनिक रुपमा १८ र ४७ सिटे जहाज गरी १० वटा जहाजले २० वटा काठमाडौं र भरतपुर उडान भर्ने गरेको विमानस्थलले जानकारी दिएको छ । यति एयरले उडान स्थगित गरेपछि केही दिनमै गुण एयरले उडान सञ्चालन गर्न लागेको विमानस्थल प्रमुख योगेन्द्र कुंँवरले जानकारी दिनुभयो ।

    सांँढे दुईबर्षमा ३लाख बढी यात्रुले लिए सेवा

    भरतपुर विमानस्थलबाट सांँढे दुईबर्षमा ३ लाख बढी हवाई यात्रुले सेवा लिएका छन । विमानस्थल कार्यालयका अनुसार सन् २०१९ , २०२० र २०२१ को जुन महिनासम्म गरेर ३ लाख ११ हजार २६६ यात्रुले सेवा लिएका हुन् । जसअनुसार २०१९ मा नियमित र चार्टर्ड उडान गरी १लाख ८२ हजार२७६ यात्रुले सेवा लिएका थिए भने सन् २०२० मा ७४ हजार ८०७ यात्रुले सेवा लिएका थिए । यस्तै २०२१ को जुनसम्म ५४ हजार १८३ जना यात्रुले सेवा लिएका थिए ।

    उडानमा यात्रुहरुको आकर्षण बढेपनि निशेधाज्ञा र लकडाउनका कारण उडानसंँगै यात्रुहरुको संख्यामा पनि कमी आएको भरतपुर विमानस्थल प्रमुख योगेन्द्र कुंँवरले बताउनुभयो । ‘उडान चालुभएको बेला उडानको संख्या संँगै चाप पनि छ , उहांँले भन्नुभयो , उडाननै नभएपछि यात्रुत स्वतः कम हुने भए ।

     

  • भानुमाविको दुईवटा नवनिर्मित भवनको उद्धघाटन

    भानुमाविको दुईवटा नवनिर्मित भवनको उद्धघाटन

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयको नवनिर्मित दुई वटा भवन समुद्घाटन भएको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको सहयोगमा निमार्ण गरिएको चारकोठे विद्यालय भवन र बागमति प्रदेश सरकारको आर्थिक सहयोगमा निमार्ण गरिएको ४ कोठे भवनको ९शनिबार० महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।

    भवन निर्माणको लागि पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भवन निमार्णका लागि करिब ६६ लाख रुपैयाँ र प्रदेश सरकारले ४७ लाख रुपैँया विनियोजन गरेको थियो । बाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा निमार्ण गरिएको ४ कोठे भवन भने पुरानो भवनको दोस्रो तल्ला थप गरिएको हो ।

    उद्धघाटनपछि बोल्दै महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षाको विकासको लागि महानगर सचेत रहेको भन्दै प्रत्येक वर्ष यो शिर्षकमा बजेट रकम बढाउँदै लगेको बताईन् । उनले कोभिडको समयमा समेत महानगरले विद्यार्थीहरुलाई सिकाईँ प्रक्रियामा जोड्न विभिन्न प्रयासहरु गरेको बताईन् ।

    सुरक्षित र सहज तरीकाले विद्यार्थीको सिकाईँ होस् भनेर महानगरपालिकाले भवन निमार्णमा जोड् दिएको बताउँदै उनले ‘पढाईको गुणस्तरमा भवन एउटा पाटो भएपनि विद्यालय परिवारले गुणस्तरीय शिक्षा प्रदान गर्न ध्यान दिनुपर्ने बताइन् ।

    विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिव्य शर्मा आचार्यले प्रदेशबाट प्राप्त भएको रकम मार्फत लाईबेरी र कम्प्युटर ल्याबको व्यवस्थापन, विद्यालयको मैदान र खाजा घरको निमार्णमा समेत गरिएको बताइन । खेल मैदानको व्यवस्थापन र विद्यालयको कम्पाउण्ड निमार्णको लागी विद्यालयलाई तत्काल बजेटको आवश्यक्ता रहेको भन्दै उनले वडा र महानगरपालिकालाई बजेट व्यवस्थापन गर्दिन समेत अनुरोध गरिन् ।