२० हजार अमेरिकी डलर लिएर चीनतर्फ जाँदै गरेका एक व्यक्ति रसुवाबाट पक्राउ

काठमाडाैं, साउन ८
रसुवाको गोसाइकुण्डबाट अवैध २० हजार अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् ।

रसुवागढी नाकामा खटिएको सशस्त्र प्रहरी बल टिमुरे, इलाका प्रहरी कार्यालय र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले नुर्पु तामाङलाई पक्राउ गरेको हो ।

अमेरिकी डलर लिएर चीनतर्फ जाँदै गरेका तामाङलाई बीओपी टिमुरेबाट सशस्त्रका प्रहरी निरीक्षकको कमान्डमा खटिएको ७ जनासहितको टोलीले मंगलवार बिहान ११ बजे पक्राउ गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

उनलाई नियन्त्रणमा लिई इप्रका टिमुरे लगिएको थापाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *