क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु

काठमाडौं, वैशाख २४-

क्रिकेट बलले लागेपछि एक बालकको मृत्यु भएको छ । छिमेकी मुलुक भारतको पुणेमा क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरूको अनुसार यो सम्पूर्ण घटना सीसीटीभीमा रेकर्ड समेत भएको छ ।

रिपोर्टका अनुसार मृतक बालक शौर्यले बलिङ गरिरहेको अवस्थामा ब्याट्सम्यानले बललाई ट्याकल गरेको र सो बल सौर्यको गुप्ताङ्गमा लागेर ढलेको सीसीटीभीमा देख्न सकिन्छ ।

घटनाको केही समय भित्रनै शौर्यलाई एक निजी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *