नाबालिकालाई वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ

काठमाडौँ, २१ वैशाख
काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङ छन् ।

मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रका अनुसार नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

‘वेटरको काम दिन्छौँ’ भनेर नाबालिगहरूलाई ल्याएर उनीहरूले त्रास देखाएर वेश्यावृत्ति गराएको आरोप उनीहरुमा छ। आरोपीहरूले एक जना ग्राहकबाट ५ हजार देखी ८ हजारसम्म असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *