गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १४ वैशाख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले खातुन र सिंहका साथै इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर सञ्जयकुमार मण्डलविरुद्ध पनि मुद्दा दायर गरेको हो ।

सडक ढलान गर्दा गुणस्तरहीन काम गरेको तथा विनियोजित रकम हिनामिना गरेको आरोपमा शुक्रवार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर १ अन्तर्गतका स-साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको उजुरी आयोगमा परेको थियो ।​​ त्यसपछि आयोगले अनुसन्धान थालेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *