धमेन्द्र बास्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

गाडीको ठक्करबाट सख्त घाइते भएका उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *