फेवा तालका डुंगा चालकको मापसे जाँच

काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको फेवा तालमा डुंगा चलाउने चालकको पनि मापसे जाँच गर्न थालेको छ।

समय–समयमा डुंगा दुर्घटना हुने घटनालाई मध्यनजर गर्दै डुंगा चालकहरुको पनि मादक पदार्थ सेवन जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बुधबार उनीहरुको मापसे चेकजाँचका साथै सचेतनामुलक कार्यक्रम पनि आयोजना गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *