नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय अवार्डबाट लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवी सम्मानित

चितवन, साउन १४-
नेपालकै पहिलोपटक अन्तर्राष्ट्रिय अवार्डबाट चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवी सम्मानित हुनुभएको छ ।

शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै स्कुलका प्रिन्सिपल फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

थोमस ई। डर्नोगा, यूएस काउन्सिल प्रतिनिधी यूएस भारतका एसएमईका लागि मूख्य कार्यकारी अधिकारी एलिशा पुलिवार्तीले फादर रोवीलाई पदक प्रदान गर्नुभएको हो ।अमेरीकाको वासिन्टन डिसीमा आयोजित एक भव्य समारोहमा अमेरिका( भारत एसएमई काउन्सिल अफ अमेरिकाले अवार्ड प्रदान गरेको हो ।

१२ वर्षदेखि लिटिल फ्लावर स्कुलमा आवद्ध रहनुभएका रोवी आठवर्षदेखि प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँकै नेतृत्वमा स्कुलले शिक्षा क्षेत्रमा हरेकवर्ष फड्को मार्दै गैरहेको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि गरेको योगदानको कदर स्वरुप प्रदान गरिएको अवार्डले आफुलाई अझै धेरै जिम्मेवारी थपिएको महसुस गरेको स्कुलका प्रिन्सिपल फादर रोवीले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *