चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने ताइपेयको चिन्ता 

एजेन्सी

ताइपेय,१२ साउन

ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ)द्वारा आयोजित भर्चुअल गोस्ठीमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

व्यापार, प्राविधिक आविष्कार र प्रजातान्त्रिक मूल्यको मामला ताइवानको वैश्विक महत्व रहेको उनले बताए । ‘ताइवानः के यो निरन्तर विश्व व्यवस्थाको लागि महत्वपूर्ण छ?’  शीर्षक दिइएको उक्त भर्चुअल गोस्ठीमा उनले चीनसँगको जटिल सम्बन्ध र सम्भावित हमलाबारे  चर्चा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *