३ सय ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

काठमाडाैं फागुन १७,

झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

झापाको भद्रपुर नगरपालिका– ३ स्थित झोलुङ्गे पुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा तनहुँको भानु नगरपालिका– १२ कवाजितका २४ वर्षीय र सुनसरीको रामधुनी नगरपालिका– ३ सिंघियाका २७ वर्षीय युवक छन् ।

बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

उनीहरू सवार स्कुटरको ब्याट्री रहने बक्स भित्र ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर प्रहरीले बरामद गरेको हो ।

थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।​

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *