समाजवादी विद्यार्थी युनियन नेपाल बालकुमारीको अध्यक्षमा रेग्मी

चितवन, माघ २८-
समाजवादी विद्यार्थी युनियन नेपाल बालकुमारी चितवनको मुल इकाई समितिको भेला सम्पन्न भएको छ ।

आसन्न स्ववियु निर्वाचनको तयारी अभियानको सिलसिलामा विपिन चन्द्र रेग्मीको अध्यक्षता मा २१ सदस्यीय बालकुमारी क्याम्पस मुल इकाई समिति गठन भएको हो।

जिल्ला पार्टीका संयोजक तथा समाजवादी युवा भोलेन्टियर्स फोर्सका केन्द्रीय सदस्य अनुज जोशिको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा उनले शिप मुलक विधार्थी आन्दोलन आजको आश्यकता रहेको र यसको लागि कलेज प्रशासनले पहल लिनसके विधार्थीको लहर बढ्ने बताए ।

उक्त समितिको उपाध्यक्षहरुमा नन्दनी गुप्ता, प्रदीप पन्त र विशल बगाले, सचिवमा सन्दीप शाह, सह–सचिवहरुमा सीता घर्ती , रोहित आले र कोषाध्यक्षमा सुरज उपाध्याय रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *