लागुऔषध चरेससहित कपिलवस्तुबाट महिला पक्राउ

दाङ, माघ १५ –
कपिलवस्तु प्रहरीले एक किलो भन्दा बढी लागु औषध चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ।

भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोष्ट देवरिया मुवारकपुर धरम नगर बलरामपुरकी ३० वर्षीया सरस्वती विकलाई पक्राउ गरेको हो। उनीबाट प्रहरीले एक किलो २५ ग्राम चरेस बरामद गरेको छ।

कृष्णनगर नगरपालिका–३ मा खटिएको प्रहरी टोलीले सीमा नाकामा पैदल हिँडिरहेकी विकलाई सोमबार दिउँसो पक्राउ गरेको जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।

पैदल सीमा नाका पार गर्न खोजेकी उनको झोलाबाट लागुऔषध बरामद गरेको हो।

अदातलबाट म्याद थप भई विकमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *